खोलाले बगाएर वृद्ध बेपत्ता
जेठ २३, २०७९, सोमबार | विहान ०७:१८ बजे | 15
बिराज अधिकारी
दमौली ः तनहुँको भानु नगरपालिका–११ मा खोलाले बगाएर सोमबार एक वृद्ध बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सोही ठाउँ बस्ने ६० वर्षीय चन्द्रबहादुर गुरुङ रहेको इलाका प्रहरी कार्यालय भानुले जनाएको छ ।
आइतबार रातिदेखि परेको वर्षाका कारण ढाडखोलामा खोला तर्ने क्रममा बाढीले बगाउँदा गुरुङ बेपत्ता भएको हो । प्रहरीका अनुसार प्रहरीको टोली घटनास्थलमा पुगेर खोजी कार्य सुरु गरेको छ ।
वर्षाका कारण भानुका विभिन्न ठाउँमा क्षति पुगेको छ