गाई काटी मासु बेच्न भाग लगाउँदै गरेर बसेपछि .............
जेठ २२, २०७९, आइतबार | विहान ०५:०७ बजे | 15
भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ८ बोडेस्थित वडा कार्यालयको भवन नजिक गाईको बाछो काटी मासु भाग लगाई बेचिरहेको अवस्थामा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सूचना प्राप्त हुनासाथ प्रहरी टोली खटिई गई गाईको बाछो काटी मासु भाग लगाउदै गरेको अवस्थामा दोलखा काटाकुटी गाँउपालिका वडा नं. २ घर भई हाल बोडे पाटी बिहार बस्ने बर्ष ३८ को निमा मोक्तानलाई अं २० के.जी गाईको बाछोको काटेको मासुसहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।