भक्तपुरमा करेन्ट लागेर एकजनाको मृत्यु


जेठ २१, २०७९, शनिबार | दिउँसो १२:२९ बजे | 0


भक्तपुरमा करेन्ट लागेर एकजनाको मृत्यु

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. १ मनहरा सुकुम्बासी वस्तीमा करेन्ट लागेर शनिबार एकजनाको मृत्यु भएको छ । सो स्थानमा बस्ने वर्ष ५२ को दिलबहादुर तामाङले बनाउदै गरेको आफ्नै १ तले घरको ढलानको तार मिलाउने क्रममा अचानक करेन्ट लागी घाइते भएका थिए । घाइते भएपछि उपचारको लागि समिट अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए ।  


Comments