यस्तो हो भक्तपुरका गाइजू र अधिकारीको जग्गा प्रकरण
जेठ १९, २०७९, बिहीबार | दिउँसो १२:१९ बजे | 20
भक्तपुर । नेपालीमा एउटा उखान छ दसा लागेपछि जता ततैबाट घेरिन्छ मान्छे । अहिले त्यस्तै भएको छ ७२ वर्षका जेष्ठ नगरिक केशवप्रसाद अधिकारी र ईश्वर गाईजूलाई ।
शुक्रबारका दिन एक्कासी प्रहरीले सार्वजनिक जग्गा नै विक्री गर्ने हेतुले ठगी गरेको आरोपमा पक्राउ परेका अधिकारी र गाईजूले सार्वजनीक जग्गा विक्री गर्न बैना नगरेको खुल्न आएको छ ।
घटना के हो त ?
प्रहरीले सार्वजनिक गरेको सुडाल गाविस ४ क को ३९९ नम्वर कित्ता जग्गा सार्वजनिक भएको उल्लेख गरी उक्त जग्गा विक्रीका लागि बैना गरी ठगी गरेको आरोपमा अधिकारी र गाईजूलाई पक्राउ गरेको अवस्था रहेको छ ।
बास्तममा उक्त जग्गा केहि समय अगाडी मात्र नेपाल सरकारको नाममा गएको भक्तपुर मालपोत कार्यालयले जानकारी दिएको छ ।
सुडाल ४ क को कित्ता नम्वर ३९९ अंशवण्डाको क्रममा कृष्ण वहादुर ढुकुछुको नामबाट बाटो कायम भई सार्वजनिक जग्गा भएको खुल्न आएको छ ।
सार्वजनिक भनिएको उक्त जग्गा नेपाल सरकारको नाममा मिति २०७८ पुष २३ गते गएको देखिन्छ ।
अंशवण्डाको क्रममा उक्त कित्ता नम्वर जग्गा हाल नगरपालिकाको बन्दै गरेको फास्ट ट्रयाकमा पर्ने जग्गा हो । उक्त जग्गा बाटोको मापदण्डमा पुरै जाने भएपछि ढुकुछुले उक्त जग्गा नेपाल सरकारको नाममा कायम गराएको देखिन्छ ।
बाटोमा पर्ने भएपछि उक्त जग्गा नेपाल सरकारको नाममा गएको खुलेपनि उक्त जग्गा २०७७ चैत ३० गते धनिराम राई र रुप सुन्दर चामलिङलाई बैना गर्दा व्यक्तिको नाममा नै रहेको देखिन्छ ।
राई र चामलिङको नाममा छ महिनाको भाखा राखेर बैना भएको उक्त जग्गा उनीहरुले सल्टाउन नसकेपछि र उनीहरुले दिएको चेक समेत बाउन्स भएपछि दुवै पक्षको विवाद भएको देखिन्छ ।
बैना बापतको रकम पनि निकाल्न नपाएका अधिकारी समूहले चेक बाउन्स हुँदा समेत मुद्दा गरेका थिएनन । छ महिना सम्म उनीहरुले जग्गा पास गर्न नसकेपछि अधिकारी समूहले उक्त जग्गा अर्को समूहलाई विक्री गरेको थियो । किन्ने समूहले उक्त जग्गा विकसित घडेरिको रुपमा विकास गर्दा ३९९ नम्वरको कित्ता पुरै बाटोमा पर्ने भएपछि उक्त जग्गा नेपाल सरकारको नाममा पास गराएको देखिन्छ ।
बैना रकम फिर्ता लिन नमान्दै आएका राई समूह पुरै प्लानिङको आधा हिस्सा नै चाहियो भन्दै अदालतको ढोका ढकढकाउन पुगेको देखिन्छ ।
अदालतबाट पनि उनीहरुले लगानी गरेको तीन करोडको मात्र हिस्सा दिलाउने देखेपछि राई समूहले अधिकारी लगाएत अन्य ६ जनालाई मुद्दा नै नलाग्ने विषयमा शुक्रबार भोली पल्ट र पर्सिपल्ट विदाको दिन पारी पक्राउ गराएका हुन् ।
ठगीको आरोप लगाउँदै गरिएको उक्त उजुरीको विषयमा अनुसन्धान नै नगरी के भएको भन्ने विषयमा खोज तलास नै नगरी प्रहरीले ७२ वर्षका बृद्दलाई पक्राउ गरेको र पक्राउ गरेको आधा घण्टा पनि नवित्दै सार्वजनिक गरेको देखिन्छ ।
महिला बालबालिका र बृद्दको हकमा उनीहरुको पहिचान लुकाउनु पर्ने भनिएको भएपनि दोशी नै ठहर नभएका मानिसलाई सुनियोजित रुपमा राई समूहले राष्ट्रिय रुपमा बेइजती गराएको देखिन्छ ।