लिवालिमा आफनै घरको छतबाट खसेर एकजनाको मृत्यु
बैशाख २०, २०७९, मङ्गलबार | विहान ०५:४२ बजे | 0
भक्तपुर । आफनै घरको पाँचतल्लाको छतबाट खसेर भक्तपुर नगरपालिका वडा नं. ८ लिवालीमा बस्ने एकजना पुरुषको मृत्यु भएको छ । वर्ष ४४ को लक्ष्मीसुन्दर कुसाथा सोमबार राति घरको छतबाट खसेर मृत्यु भएको हो । गम्भीर घाइते भई उपचारको लागि मध्यपुर अस्पताल थिमि लगेकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए ।