थिमिको कमरोटारमा आमाछोराद्धारा हाम फाली आत्महत्या


बैशाख १५, २०७९, बिहीबार | विहान ०८:१६ बजे | 0


थिमिको कमरोटारमा आमाछोराद्धारा हाम फाली आत्महत्या

भक्तपुर मध्यपुर थिमी नगरपालिका वडा नं. ५ कमेरेटारमा जिल्ला मोरङ सुन्दर हरैचा नगरपालिका वडा नं. ९ बिराटचोक घर भई हाल कमेरेटारमा डेराकोठा लिई बस्ने बर्ष ७४ की मनमाया तिमिल्सिना र निजको कान्छो छोरा बर्ष ४९ को मातुराम तिमिल्सिनले डेराकोठा नजिक रहेको पिपलको रुखको फेदमा लगाएको अन्दाजी ५० मिटर अग्लो पर्खालमा चढी पर्खालको माथीबाट हाम फाल्दा मनमाया तिमिल्सिनाको घटनास्थलमा नै मृत्यु भएको र हाम फाली घाईते भएका मातुराम तिमिल्सिनालाई उपचारको लागी मध्यपुर अस्पताल लगि प्राथमिक उपचार पश्चात विर अस्पतालमा थप उपचार भइरहेको छ । घटनामा संलग्न दुबै जना डिप्रेशन बिरामी रही लामो समयदेखि औषधी सेवन गर्दै आईरहेको भन्ने बुझिन आएको पञ्हरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।

Comments