भैलखले च्यापिएका ७१ वर्षीय बृद्धको मृत्यु


बैशाख ५, २०७९, सोमबार | दिउँसो ०१:३४ बजे | 0


भैलखले च्यापिएका ७१ वर्षीय बृद्धको मृत्यु

भक्तपुर । विस्का जात्राको रथ तान्ने क्रममा रथले किचेर सोमबार एकजनाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुन्जेका ७१ वर्षीय दुर्गामान कसपालको मृत्यु भएको भक्तपुर अस्पतालले जनाएको छ । जात्राको अन्तिम दिन सोमबार रथलाई तान्दै भक्तपुरको पोटरी स्क्वायर नजिकै पुग्दा रथले किचेको थियो । रथले किचेर घाइते भएका कसपाललाई उपचारका लागि तत्काल भक्तपुर अस्पताल लगिएको थियो । अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।


Comments