नलिन्चोकमा दुर्घटना, चार महिनाकी छोरीको मृत्यु, आमाबुबा घाइते


चैत २९, २०७८, मङ्गलबार | विहान ०६:४३ बजे | 0


नलिन्चोकमा दुर्घटना, चार महिनाकी छोरीको मृत्यु, आमाबुबा घाइते

भक्तपुर । भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नं. ९ नलिन्चोकमा मंगलबार भएको दुर्घटनामा परी चार महिनाकी बच्चीको मृत्यु भएको छ । काभ्रेको साँगाबाट जगातीतर्फ आउदै गरेको बाग्मती प्रदेश ०२–०२१ प ६७६२ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका वडा नं. १ बस्ने लोसाङ डोल्मा तामाङको मत्यु भएको हो । मोटरसाइकल चालक उनका पिता बर्ष २२ को बुद्ध तामाङ र पछाडि सवार निजकी श्रीमती बर्ष २१ की सुस्मिता तामाङ घाइते भएका छन् । मृतक वच्चीकी आमाबुबालाई उपचारको लागि डा.इवामुरा अस्पताल सल्लाघारी लगिएकोमा डस्चार्ज भएको प्रहरीले जनाएको छ । सोही घटनामा गम्भीर घाइते भएकी निजहरुकी ४ महिनाकी छोरी लोसाङ डोल्मा तामाङलाई उपचारको लागि सिद्धि स्मृति अस्पताल लगि प्राथमिक उपचार पश्चात थप उपचारको लागि न्युरो अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए ।


Comments