ख्वपको विद्यार्थीले चलाएको स्कुटरको ठक्करबाट बागीश्वरीकी विद्यार्थी घाइते
चैत २८, २०७८, सोमबार | विहान ०३:४६ बजे | 5
लक्ष्मी प्रसाद गाईजू
भक्तपुर । भक्तपुरको च्याम्हासिंह चोकमा स्कुल जान बाटो काट्दै गर्दा सोमबार विहान एकजना छात्रालाई ठक्कर दिएको छ । ठक्करबाट बागीश्वरी मावि कक्षा ११ मा व्यवस्थापन संकायमा अध्ययन गर्ने भातेढुकुर निवासी उर्मिला तामाङ घाइते भएकी छिन् ।
घाइतेको उपचार अहिले नजिकैको ख्वप अस्पतालमा भइरहेको छ । उनी खतरामुक्त छिन् । उनको दायाँ हातमा चोट लागेको छ । घटना विहान ६ बजेर दस मिनेट जाँंदा भएको थियो ।
बा ९० प १५६० नम्वरको स्कुटरले हानेको थियो । स्कुटर ख्वप माविमा विज्ञान संकाय पढ्ने पविन सैँजूले चलाएका थिए । स्कुटर स्पीडमा रहेको कारण दुर्घटना भएको जनाइएको छ । चालक पनि सामान्य घाइते भएका छन् ।