निकोसेराको केमिकल उद्योगमा आगलागी
साउन २७, २०७७, मङ्गलबार | दिउँसो ०२:५२ बजे | 10
[[img3]]
भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ६ निकोसेरास्थित एक केमीकल उद्योगमा मंगलबार आगलागी भएको छ । तुल्सीभक्त श्रेष्ठको खाली जग्गामा ब्लकको एकतले फाईबरले छाएको टहरोमा आगलागी भएको हो । बिगत दुई बर्षदेखि युनाईटेड नेपाल केमिकल प्रा.लि. संचालन गरी बस्ने जिल्ला रुपन्देही घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. ६ निकोसेरा बस्ने जीवन श्रेष्ठको गोदाममा करेन्ट सर्ट भई आगोलागी भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
[[img4]]
परिसर भक्तपुरबाट प्र.उ. तारादेबी थापा र वृत ठिमीबाट प्र.ना.उ. ऋषिराम कडेल सहितको प्रहरी टोली, सशस्त्र प्रहरी बल, ललितपुर र भक्तपुरबाट तीन वटा दमकल र स्थानीयको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । उक्त गोदामभित्र रहेको कच्चा पदार्थ सेनिटाईजर, हर्पिक, साबुन, स्याम्पु जस्ता सामानहरु जली नष्ट भएको जनाइएको छ । आगोलागीबाट अन्दाजी ६० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।
[[img5]]