नगरकोटबाट रातको दुई बजे १३ जना जुवाडे पक्राउ


चैत २३, २०७८, बुधबार | विहान ०६:१३ बजे | 0


नगरकोटबाट रातको दुई बजे १३ जना जुवाडे पक्राउ

भक्तपुर । भक्तपुरको चागुँनारायण नगरपालिका वडा नं. ६ नगरकोट गैरीगाँउमा बुधबार विहान र्दुइ बजे जुवा खेलिरहेका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय बर्ष ३७ को मनबहादुर तामाङले आफ्नै तीनतल्ले घरमा संचालन गरेको न्यू गन्तब्य रेष्टुरेन्ट एण्ड होटलमा जुवा (कौडा) खेलिरहेका उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । सूचना प्राप्त हुनासाथ परिसर भक्तपुरबाट प्रहरी अधिकृतको कमाण्डमा खटिएको टोलीले कौडा खेल्ने १३ जना मानिसहरूलाई नगद रु आठ लाख बाईस हजार साठ्ठी र १६ थान कौडासहित नियन्त्रणमा लिएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए । उनीहरुमाथि थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ । जुवाडेहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

Comments