ट्याक्टरबाट खसेर एकजनाको मृत्यु
चैत ५, २०७८, शनिबार | विहान १०:४४ बजे | 0
भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं. ३ कौशलटार चोक नजिक काठमाडौबाट भक्तपुरतर्फ आउदै गरेको बालुवा सिमेन्ट घोल्ने मिक्सचर बोकेको ना ७ त २७७४ नं .को ट्याक्टरमा सवार उदयपुर गाईघाट घर भई हाल ललितपुर ईमाडोल बस्ने बर्ष १८ को प्रदिप कार्की अचानक ट्याक्टरबाट सडकमा खस्न जाँदा गम्भिर घाईते भई उपचारको लागि समिट अस्पताल लगि प्राथमिक उपचार पश्चात थप उपचारका लागि ट्रमा सेन्टर रिफर गरिएकोमा बाटोमा लग्दालग्दै मृत्यु भएको सम्बन्धित चिकित्सकले घोषणा गरेको प्रहरीले जनाएको छ । ट्याक्टर चालक झापा कन्काई नगरपालिका वडा नं. ५ घर भई हाल ललितपुर ईमाडोल बस्ने बर्ष २७ को रोशन गुरुङ महानगरीय प्रहरी वृत्त थिमीको नियन्त्रणमा रहेको जनाइएको छ । घटनास्थलमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरी थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।