६ करोड रकम ठगीको आरोपमा ठेकेदार पाण्डे पक्राउ
फाल्गुन २८, २०७८, शनिबार | विहान ०९:३९ बजे | 0
काठमाडौं । ६ करोड रकम ठगीको आरोपमा ठेकेदार अनुप पाण्डे पक्राउ परेका छन् । विभिन्न व्यक्तिले झण्डै ६ करोड ठगी गरेको भन्दै उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दिएका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले काठमाडौंमा लुकिछिपी बस्दै आएका पाण्डेलाई आज शनिवार बिहान पक्राउ गरेको हो ।
सीआईबी प्रवक्ता प्रहरी उपरीक्षक श्याम कुमार महतोले पक्राउ परेका पाण्डेलाई थप कारवाही प्रक्रियाको लागि जि प्र का दाङ पठाउने तयारी भइरहेको जानकारी दिनु भयो । पाण्डेले तुलसीपुर–घोराही चार लेन सडकखण्ड निर्माणको जिम्मा पाएका थिए । तुलसीपुर उप–महानगरपालिकाका मेयर एवम् एमाले नेता घनश्याम पाण्डेका छोरा समेत रहेका ठेकेदार पाण्डेविरुद्ध १६ जनाले ठगी गरेको भन्दै उजुरी दिएका थिए ।