भक्तपुरमा घाँटी रेटेर हत्या
फाल्गुन २६, २०७८, बिहीबार | दिउँसो १२:२४ बजे | 5
मिति २०७८÷११÷२३ गते २१ः५० बजे जिल्ला भक्तपुर, चाँगुनारायण न.पा वडा नं. ७ बागरेस्थित तरकारी खेती बारीमा रहेको टिनको कच्ची टहरा भित्र घाँटी रेटि हत्या भएको महिलाको लाश फेला परेको घटनाको सम्बन्धमा अनुसन्धान गर्दै जाँदा निज मृतक महिला जिल्ला काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका वडा नं. ९ नवलडाँडा स्थायी वतन भई हाल भक्तपुर नागपोखरी बस्दै आएकी बर्ष २८ की जेनिशा नगरकोटी रहेको, सो घटनामा मृतकको चक्कुले घाँटी रेटी हत्या गरेको अनुसन्धानबाट देखिएकोमा सम्लग्न व्यक्तिहरुलाई खोजतलास गर्दै जाने क्रममा मिति २०७८÷११÷२५ गते निम्न प्रतिवादिहरुलाई नियन्त्रणमा लिई मिति २०७८÷११÷२६ गते ज्यान सम्बन्धि कसुरमा सम्मानित भक्तपुर जिल्ला अदालतबाट कर्तब्य ज्यान मुद्दामा दिन ७(सात) म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको ।
निम्नः–
१. जिल्ला काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका वडा नं. २ भकुण्डेवेशी स्थायी घर भई हाल जिल्ला भक्तपुर, भक्तपुर नगरपालिका वडा नं. १० थलाछे बस्ने बर्ष ४४ को रमेश भन्ने कुमार लामा । जिल्ला काभ्रेपलाञ्चोक, नमोबुद्द नगरपालिका वडा नं. २ भकुण्डेवेशी स्थायी घर भई हाल जिल्ला भक्तपुर, भक्तपुर नगरपालिका वडा नं. १० थलाछे बस्ने बर्ष ४४ को रमेश भन्ने कुमार लामा ।
२. जिल्ला काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका वडा नं. ४ चौवास स्थायी घर भई हाल जिल्ला भक्तपुर, भक्तपुर नगरपालिका वडा नं. ८ महेश्वरी बस्नेत बर्ष ३८ को नवराज रिजाल । जिल्ला काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका वडा नं. ४ चौवास स्थायी घर भई हाल जिल्ला भक्तपुर, भक्तपुर नगरपालिका वडा नं. ८ महेश्वरी बस्ने बर्ष ३८ को नवराज रिजाल ।