चाँंगुमा अर्धनग्न अवस्थामा महिलाको लाश फेला


फाल्गुन २४, २०७८, मङ्गलबार | विहान ०४:४५ बजे | 0


चाँंगुमा अर्धनग्न अवस्थामा महिलाको लाश फेला

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ बागरेस्थित तरकारी खेती हुदै आइरहेको जग्गामा टिनको कच्ची टहराभित्र हाल एकिन नामथर वतन नखुलेकी अं ३५÷४० बर्षको महिलाको लाश परालले छोपेको अवस्थामा फेला परेको छ । जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीषक (एसपी) शिवकुमार श्रेष्ठको कमाण्डमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई गई हेर्दा निज मृतक महिलाको घाँटी अगाडि भागमा गहिरो चोट, शरिरको अन्य भागहरुमासमेत काटेको चोटहरु र अर्धनग्न अवस्थामा रहेको देखिएको भक्तपुर प्रहरीले जनाएको छ । घटनास्थल प्रकृति तथा लाश जाँच मुचुल्का गरी पोष्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोट भक्तपुर लगिएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए । थप अनुसन्धान कार्य भइरहेको उनले जनाए ।

Comments