आफनै श्रीमतिमाथि एसिड प्रहर गर्ने दधिकोटका श्याम पक्राउ
फाल्गुन २३, २०७८, सोमबार | विहान ०४:३४ बजे | 0
भक्तपुर । भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नं. ४ दधिकोट चित्रपुर बस्ने बर्ष ६५ को श्याम गुभाजुले आफ्नै श्रीमती बर्ष ६० की महिलालाई कुटपिट गरी नाम नखुलेको केमिकल (रसायन) शरिरमा प्रहार गरी घाईते बनाएको छ । जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिई गइ घाइतेलाई बर्न अस्पताल कीर्तीपुर लगिएको प्रहरीले जनाएको छ । हाल घाइतेको उपचारमा छोरा आकाश गुभाजु संलग्न रहेको जनाइएको छ । घटनामा संलग्न श्रीमान प्रहरी नियन्त्रणमा लिइसकेको जनाइएको छ । घटनास्थलमा अनुसन्धान अधिकृतसहितको टोलीले प्रारम्भिक अनुसन्धान कार्य गरी थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।