बोडेकी २१ वर्षीय महिलाले गरिन् आत्महत्या
फाल्गुन १८, २०७८, बुधबार | विहान ०५:३० बजे | 0
भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ बोडेस्थित राजेन्द्र थापाको घरमा डेरा गरी बस्ने सुमन खड्गीको श्रीमती बर्ष २१ की अस्मीता खड्गी सोही घरको बाहिरपट्टी ईट्टाको गारो लगाई जस्ताले छाएको ट्वाईलेटमा जस्ताको छानो अड्याउने काठमा सलको पाँसो घाँटीमा लगाई झुण्डी रहेको अवस्थामा भेटिएको छ । निजहरुको ८ बर्षको छोरा साईमन खड्गीले देखि जानकारी गराए पश्चात उक्त पाँसो काटी तत्काल उपचारको लागि कोरियन अस्पताल ठिमी लगेकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरी थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।