भक्तपुरमा नो एमसीसीले लेखेको बम !


फाल्गुन १७, २०७८, मङ्गलबार | विहान ११:११ बजे | 5


भक्तपुरमा नो एमसीसीले लेखेको बम !

भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ३ कौशलटार कमलधारामा मिलिजुली हार्डवयेरको दक्षिणपट्टीको सटर अगाडिको पेटीमा स्टिलको भाडोभित्र निलो प्लाष्टिकले कभर गरी बाहिर कालो र रातो तार निकाली उक्त भाडोलाई कालो टेपले कभर गरेको शंकास्पद बस्तु फेला परेको छ । खवर प्राप्त हुनासाथ प्रहरीद्धारा उक्त स्थानलाई कर्डन गरी नेपाली सेनाको बम डिस्पोजल टोली आई डस्पोज गर्दा उक्त भाडोभित्र २ मिटरको विजुलीको तार, ईट्टाको धुलो, माटो र नो एमसीसी लेखेको कागज फेला परेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको जनाइएको छ ।

Comments