मोटरसाइकल चोरी गरी विक्री गर्दै हिड्ने पक्राउ
फाल्गुन १६, २०७८, सोमबार | विहान ११:५३ बजे | 205
भक्तपुर । राजधानीलगायतका जिल्लाहरुबाट विभिन्न समयमा मोटरसाइकल चोरी गरी विक्री गर्दै आइरहेका रामेछाप जिल्ला भिरकोट खनियापानी स्थायी वतन भई हाल काभ्रे जिल्ला बनेपा नगरपालिका वडा नं. १३ थापागाँउमा डेरा गरी बस्ने बर्ष १८ को छिरिङ घिसिङलाई प्रहरीले मोटरसाइकलसहित पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले विभिन्न ब्राण्डका २ वटा मोटरसाइकल र ४ वटा स्कुटरसहित उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।