पलविरुद्धको जाहेरी तनहुँमै किन ?


फाल्गुन १३, २०७८, शुक्रबार | विहान ०५:२८ बजे | 0


पलविरुद्धको जाहेरी तनहुँमै किन ?

विराज अधिकारी
अभिनेता पलशाहविरुद्ध तनहुँ प्रहरीमा नाबालिग गायिकमाथि बलात्कारको अभियोगले अहिले रंगजगत तातेको छ । यसअघि बलात्कार भनिएको घटना पोखरामा भएको चर्चा थियो । तर कास्की प्रहरीले भने कार्यक्षेत्र नपर्ने भन्दै दर्ता नगरेको खबर पनि सञ्चारमाध्यममा आएको थियो ।
कास्कीको घटना तनहुँमा किन दर्ता भयो त भन्ने प्रश्न पनि उठ्न सक्छ । तर पारिवारिक श्रोतका अनुसार घटना नै तनहुँमा भएकाले उनीविरुद्धको जाहेरी तनहुँ प्रहरीमै दर्ता भएको हो ।
तनहुँ दुलेगौंडामा एक म्यूजिक भिडियो छायांकनका क्रममा घटना भएकाले तनहुँमै दर्ता गरिएको पारिवारिक श्रोतले बताएको छ । यसअघि घटना मिलाउन पलले पहल गरे पनि पछि बेवास्ता गर्न थालेपछि परिवारले जाहेरी दिएको बुझिएको छ ।
पलले रंग पत्रकार र केही निकट व्यक्तिको पहलमा पहिले जाहेरी रोक्न सफल भए पनि पछि प्रतिवद्धताबाट बाहिर गएपछि र अडियोसमेत लिक भएपछि गायिकाको परिवार जाहेरी दर्ता गर्ने निष्कर्षमा पुगेको बताइन्छ ।

Comments