चर्चित कलाकार लामाको मृत्यु ः दुर्घटना हो कि हत्या ?
फाल्गुन ११, २०७८, बुधबार | दिउँसो ०१:४७ बजे | 0
चर्चित लोकगायक एवम् वरिष्ठ कलाकार जयनन्द लामाको निधन भएको छ । बुधबार बिहान लामाको निधन भएको विभिन्न स्रोतको दावी रहेपनि कुन समयमा निधन भएको एकिन हुनसकेको छैन ।
सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामा भक्तपुरस्थित कौशलटारमा निधन भएको हाँस्य कलाकार शिवहरि पौडेल बताउँछन् ।
मंगलबार राति बौद्धबाट घर फर्किएका लामा गाडीबाट झर्ने बेला लडेका थिए । आफ्नै घर अगाडि कारबाट ओर्लदै गर्दा लडेर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु पाण्डेका अनुसार लामा ‘राति बौद्धबाट फर्किएका थिए । आफ्नै घर अगाडि कारबाट ओर्लदै गर्दा लडेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ ।’
सिन्धुपाल्चोकको बाह्रबिसेमा पैसठ्ठी वर्षअघि जन्मिएका लामाले एक सयभन्दा बढी चलचित्रमा अभिनय गरेका थिए । उनले २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए । साथै उनले थुप्रै मौलिक लोकगीत गाएका छन् । उनका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीतहरु चर्चित छन् । पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए ।
‘घर परिवारले राति २ बजेतिर गाडीको आवाज सुनेको तर राति उठेर हेरेका नहेरको बताइएको छ । स्रोतका अनुसार लामालाई लडेको अवस्थामा बिहानमात्रै परिवारले भेटेको हो । परिवारले भेट्दा लामाको एउटा खुट्टा कारमा थियो । जिउँ भुइँमा लडिरहेको थियो । लामा गाडीबाट ओर्लिँदा अल्झिएजस्तो देखिन्थ्यो । टाउकोमा चोट लागेको छ ।
पाँच दशकअघि गायन यात्रा शुरू गरेका ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक लामाका कलकत्ते काइँयो केश मेरो बाँगो, पानी प¥यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौं नक्कलीलाई पातलीलाई कसरी बे गरुँ, चुईं चुईं चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता दर्जनौं लोकगीत अहिले पनि उत्तिकै लोकप्रिय छन्।
एक सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका लामाले २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए । लामा पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा अभिनय गर्दै आएका थिए ।