मिटिङमा सहभागी हुन काठमाडौं गएका लोकन्थलीका बृद्ध मृत अवस्थामा फेला


फाल्गुन ११, २०७८, बुधबार | विहान ०६:२५ बजे | 0


भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. १ लोकन्थली सचेत मार्गमा बस्ने बर्ष ६६ को जयनन्द लामा मृत अवस्थामा भेटिएका छन । मंगलबार साँंझ सात बजे मिटिङमा सहभागी हुन भनी काठमाडौ बौद्ध गएकोमा बुधबार विहान सात बजेर पाँंच मिनेटमा आफन्तले हेर्दा बा ३ च ७७४१ नं. को मारुती सुजुकी कारमा खुट्टा गाडीमा र शरिर घोप्टो परी टाउको भुईमा जोतिएको अवस्थामा मृत रहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । जानकारी प्राप्त हुनासाथ घटनास्थलमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटीई गई प्रारम्भिक अनुसन्धान कार्य गरी थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

Comments