सानोठिमीबाट अबैध कल सेन्टर संचालक ८० जना पक्राउ


फाल्गुन १०, २०७८, मङ्गलबार | विहान १०:५७ बजे | 0


सानोठिमीबाट अबैध कल सेन्टर संचालक ८० जना पक्राउ

भक्तपुर । भारतीय मुलका युवा युवतीहरुलाई छोटो समयको लागि कुनै सिस्टममार्फत सानोसानो मात्रामा (५–१० हजार सम्म) ऋण लगानी गरी उक्त ऋणको निश्चित ब्याजसहित तोकिएको समयभित्र उठाउन ऋणिहरुलाई कल सेन्टरमार्फत सम्पर्कमा ल्याउने, ऋण नतिरे थर्काउने, गाली गर्ने, धम्काउने जस्ता कार्य संचालन गर्न बर्ष २९ को वानजीनाओ नामको चिनिया नागरिकले (विगत केही समयदेखि सन सिटी अपार्टमेन्टको रुम नं. १२०६ मा बस्दै आइरहेको) र नेपाली युवा युवतीहरु प्रयोग गरी कल सेन्टर संचालन गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा आज सानोठिमीस्थित उक्त कार्य हुने घरमा छापा मार्दा ३ तले घर भाडामा लिई उक्त कार्य संचालन गर्ने १ जना चिनिया नागरिक सहित ८० जनालाई (४७ जना महिला र ३३ जना पुरुष) नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । साथै, उक्त कार्य संचालन गर्न प्रयोग भएका उपकरणहरु (डेस्कटप कम्प्युटर १४ थान, ल्याप्टप ४८ थान र आइप्याड २ थान) समेत नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको । अन्य अनुसन्धान कार्य जारी जनाइएको छ ।

Comments