सल्लाघारीमा घरबाट खसेर एकजनाको मृत्यु


फाल्गुन ९, २०७८, सोमबार | विहान ०७:४३ बजे | 5


सल्लाघारीमा घरबाट खसेर एकजनाको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारी यातायात कार्यालय नजिक बस्ने वर्ष ७८ को दिपककुमार भुषाल आफ्नै घरको पहिलो तलाबाट अचानक खस्न गई गम्भिर घाईते भई उपचारको लागी डा.ईवामुरा अस्पताल सल्लाघारी लगिएकोमा उपचारकै क्रममा सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरी थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।   

Comments