दुर्घटना गराउने जेलाँंका कुस्मा पक्राउ
फाल्गुन ८, २०७८, आइतबार | विहान ०५:०६ बजे | 0
भक्तपुर । भक्तपुुरको चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडाल रानीबारीमा भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । सुडालबाट च्यामासिंहतर्फ आउदै गरेको बा ४ ख ७३५२ नं को टिपरले पैदल यात्री काभ्रे महाभारत गाँउपालिका वडा नं. २ घर भई हाल सुडालस्थित द्यः ईट्टा भट्टामा काम गर्ने सूर्यबहादुर मगरको छोरी बर्ष ८ की बिनिता मगरलाई ठक्कर दिँदा गम्भिर घाइते भई उपचारको लागि ख्वप अस्पताल च्यामासिंह लगि प्राथमिक उपचार पश्चात थप उपचारको लागी मध्यपुर अस्पताल ठिमी लगेकोमा उपचारकै क्रममा आइतबार सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । चालक भक्तपुर नगरपालिका वडा नं. ८ जेला बस्ने बर्ष २७ को राजेश कुस्मा र दुर्घटनामा संलग्न सवारी साधन महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा रहेको जनाइएको छ । घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरी थप अनुसन्धान काय भइरहेको जनाइएको छ ।