भक्तपुरको ताथलीमा झुण्डिएर एकजनाको मृत्यु
फाल्गुन १, २०७८, आइतबार | विहान ०९:२४ बजे | 5
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीस्थित बीटीएम ईट्टा भट्टामा चालकको रुपमा काम गर्ने रोल्पा त्रिबेणी गाँउपालिका वडा नं. ४ घर भएका बर्ष २६ को मोहन परियार आइतबार सोही भट्टा नजिक अमृतको रुखमा गलबन्दीको पासो घाँटीमा लगाई झुण्डी आत्महत्या गरेको अवस्थामा फेला परेको छ । खबर प्राप्त हुनासाथ घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरी थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेले जनाए ।