भक्तपुर उद्योग वाणिज्य संघले गरयो लागूपदार्थ दुव्र्यसनबारे अन्तरक्रिया
माघ २७, २०७८, बिहीबार | दिउँसो ०१:४७ बजे | 0
भक्तपुर । समुदाय प्रहरी साझेदारी आवधारणा अन्तर्गत विहीबार महानगरीय प्रहरी परिसर भक्तपुरको सहकार्य तथा भक्तपुर उद्योग बाणिज्य संघद्धारा आयोजित लागु पदार्थ दुर्व्यशन, समस्या तथा निराकरण बिषयक अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम भच्र्युयल माध्यमबाट सम्पन्न भयो । कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न संघ सस्थाहरुका पदाधिकारीहरुसंग परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) शिवकुमार श्रेष्ठले भच्र्युयल माध्यमबाट “लागू औषधः परिचय, प्रभाव, लक्षण र नियन्त्रणको लागि युवाहरुको भूमिका“ सम्बन्धी प्रशिक्षण दिनुभयो । कार्यक्रममा अन्तरक्रिया समेत गरिएको थियो ।