- Post Date 2022-02-04 14:51:52
.jpg)
डा राजेन्द्र कोजू
शिक्षा र प्रविधि एउटै साईकलका २ पाङ्ग्र्र्रा हुन् । अर्थात शिक्षामा प्रविधिको प्रयोग आजको अनिवार्य आवश्यकता हो । परम्परागत शिक्षण प्रणालीमा क्रान्तिकारी परिवर्तनको महत्वपूर्ण मोड प्रविधिको प्रयोगवाट शुरु हुन्छ । वाटो मोडिएपछि वटुवाले मोड्नै पर्छ । समाज र राज्यको आवश्यकता प्रविधि हो भन्ने कुरा स्वीकारेपछि शिक्षा क्षेत्रमा प्रविधिको व्यापक प्रयोग हुन थालेको छ । त्यसो त, प्रविधिको प्रयोग आवश्यकताका कारण गरियो वावाध्यताका कारण गरियो भन्ने प्रश्नमा एकपटक घोट्लिन आवश्यक छ । नेपालको सन्दर्भमा कुरा गर्दा सरकारी तथा सामुदायिक विद्यालय लामो समयसम्म परम्परागत शिक्षण प्रणाली, परम्परागत शिक्षा व्यवस्थामा नै रमाए वा अल्मलिए भन्दा फरक नपर्ला । सरकारको मानो खाएर राज्यको शक्ति र सत्तामाथि राजगज गरी समाजका वुज्रक र पढेलेखेका भन्टोप्लनेहरुले लामो समयसम्म शिक्षामा आएको नयाँ चेतना, चिन्तन र आधुनिक विधि प्रविधिलाई व्यापक प्रयोगमा ल्याउन रोकेको यथार्थ सर्वस्वीकार्य तथ्य हो । तर अप्रत्याशित नै भए पनि वा मानव समाजका लागि डरलाग्दो चुनौति भएर आएकै भए पनि कोभिड १९ महामारकिा कारण शिक्षण प्रणालीमा प्रविधिको प्रयोगमा सामुदायीक तथा निजी विद्यालय अग्रसर भए । यस अर्थमा, वाध्यत्मक परिस्थितिका कारण शिक्षामा प्रविधिको प्रयोग गर्न थालेको भन्न सकिन्छ । अझ यो सहर बजारमा मात्र सिमित भएको देखिन्छ । प्रविधि प्रयोगको हिसावमा निजी तथा संस्थागत विद्यालय सक्रिय नै छन् । निजी लगानीमा खोलिएका विद्यालयहरु विकल्प खोज्न सिपालु छन् । विद्यमान अवस्थामा नयाँपन ल्याउन, नयाँ प्रयोग भित्र्याउन, फरक तथा आकर्षक अभ्यास शुरु गर्न निजी लगानीका विद्यालय सधंै सक्रिय रहने हुनाले समाजमा यसको आकर्षण सधंै कायम रहेको छ । यो निजी विद्यालयको विशेषता हो । प्रतिस्पर्धा गर्नु अलग्ग पहिचान र विशेषता बनाउनु, साविक भन्दा भिन्न र फरक गर्नु संस्थागत विद्यालयको वाध्यता पनि हो र आवश्यकता पनि हो । तसर्थ, नेपालको शिक्षामा निजी विद्यालयहरुको नयाँनयाँ प्रयोग र अभ्यास भित्र्याउँदै समाज र शिक्षालाई दोहन्याउँदै आइरहेको छ । निजी विद्यालयको यही चरित्रका कारण निजी लगानीमा खोलिएका विद्यालयहरु सफल छन् र लोकप्रिय छन् । समाजको रुची, चाहना र समयको आवश्यकतालाई छिटोछरिटो सम्वोधन गर्ने चरित्र र विशेषताकै कारण निजी विद्यालयहरु सरकारका कयांै प्रहारका वावजुत पनि सवल, सक्षम र सफल हुँदै अगाडि बढिरहेका छन् । कुनै बेला, कम्प्युटरको सुवधा भएको पूर्णतया अंग्रजी माध्यमको विद्यालय, ल्याब र लाइवेरीको व्यवस्था भएको विद्यालय, सुट–वुट लगाउने विद्यालय भनेर भर्नाका लागि निजी विद्यालयले प्रचार गर्ने गर्दथे । आकर्षक स्कूल बसको व्यवस्था, क्यान्टिनको व्यवस्था,भएको भनी प्रचार गरिन्थ्यो । यो तात्कलीन समयको आकर्षण र विशेषता थियो । तर आज यो कुराको व्यवस्था सरकारी विद्यालयले पनि शुरु गर्न थालेका कारण सामान्य हुँदै गएको छ । फेरि पनि निजी विद्यालयहरु विकल्पहरुमध्य उत्तम विकल्प, विभिन्न अभ्यासहरुमध्ये उत्तम अभ्यास र उत्तम प्रयोग गरेर गुणस्तरीय शिक्षाको श्राोतका रुपमा स्थापित गर्न दिनरात मिहिनेत गरिरहेका छन् । डार्विनको मानव विकासको सिद्धान्त ‘बाँच्नलागि सघर्ष’ लाई नेपालका निजी विद्यालयहरुले अवलम्वन गर्दै आफ्नो आवश्यकता र औचित्य पुष्टि गर्ने दौडमा छन् । एउटा विद्यालय राम्रो भन्न असल व्यवस्थापन, सीप र प्रविधियुक्त शिक्षा, मूल्य र संस्कारयुक्त शिक्षा, समाज र समयको आवश्यकतालाई सम्बोधन गर्ने शिक्षा र जीवन उपयोगी शिक्षा दिन सक्नुपर्छ । विद्यालयशिक्षा र विश्वविद्यालयशिक्षा बलियो, गुणस्तरीय र राम्रो बन्न÷बनाउन सरकारको नीति–कार्यक्रम र योजनाले पनि महत्वपूर्ण भूमिका खेल्ने गर्छन् । नेपालको सन्दर्भमा सरकारसंग यतिखेर शिक्षाका सम्वधमा केही गम्भिर प्रश्न गर्न आवश्यक भइसकेको छ । खासगरी शिक्षा व्यवस्थामा सरकारका द्वैद चरित्र अन्योल र वेमेल अभ्यास सम्वधमा यहाँ प्रश्न उठाउन खोजेको छु ।
१. सरकारले निजी क्षेत्रलाई प्राविधिक धारको स्वीकृति किन दिँदैन ?
नेपालमा शिक्षा क्षेत्रमा व्यक्ति र कम्पनीले लगानी गर्न सक्ने गरी कानूनी व्यवस्था गर्यो । यसै अनूरुप निजी क्षेत्रको लगानीमा विद्यालय, कलेज र विश्वविद्यालय र सरकारी लगानीमा खोलिएका विद्यालयवीच प्रतिस्पर्धा गरिए । विस्तारै समाजमा निजी विद्यालयको लोकप्रियता बढ्न थाल्यो । निजी विद्यालयको गुणस्तर र असल व्यवस्थापनका कारण यसको औचित्य र आवश्यकता बढ्दै गयो । तर, यो कुरा सरकारी विद्यालय र यहाँ आश्रित शिक्षक कर्मचारीहरुलाई चुनौति बन्दै गयो । सरकारले यसलाई नकारात्मक व्याख्या गरी निजी विद्यालयलाई माइनस गर्न नीतिगत प्रहार गर्न थाल्यो । खासगरी नेपालमा राजनीतिको खेती गरी आफ्नो स्वार्थ पुरा गर्न चाहने दलहरु र दलका शिक्षक कर्मचारीहरु सक्रिय भई निजी विद्यालय र कलेजलाई प्रतिस्पर्धाको रिङ्गमा प्रवेश नदिने नीति अवलम्वन गर्यो । आफ्नो असक्षमताको ढाकछोप गर्न,आफ्नो कमजोरीलाई लुकाउन प्रतिस्पर्धा नगर्ने नीति अवलम्वन गर्यो । जहा ँप्रतिस्पर्धा गराईयो त्यहाँ आफू दुर्वल सिद्ध हुने भएपछि यो दुर्वलता सार्वजनिक नगर्ने नीति लागू गरी निजी क्षेत्रलाइ प्राविधिक धारमा लगानी गर्न नदिने, सरकारी विद्यालयलाई मात्र प्राविधिक धारको अनुमति दिने अनि एक्लै दौडेर आफूलाई सर्वोकृष्ट, घोषणा गर्ने नीति ल्याई यो जुन सर्वथा गलत हो । यसले गुणस्तरीय, प्रतिस्पर्थी प्राविधिज्ञ उत्पादनमा शंका उब्जाएको छ ।
२.सरकारलाई निजीलगानीसंग डर ः
सरकारले आफ्नो सम्पूर्ण श्रोत, साधनको प्रयोग गरी क्रिम म्यानपावर तयार गर्नुपर्ने हो । देशका लागि राम्रो मध्ये पनि अझै राम्रो, उत्कृष्ट जनशक्ति उत्पादन गर्नुपर्ने हो । उत्कृष्ट छान्नका लागि धेरै भन्दा धेरैको बीचमा प्रतिस्पर्धा गराउने वातावरण बनाउनुपर्ने हो । कुनै क्षेत्र वर्ग, जाती विशेषलाई अलग्याएर वा अलग्ग राखेर प्रतिस्पर्धा गराउँदा त्यहाँवाट छानिने व्यक्ति वा परिणामको उत्कृष्टता माथि प्रश्न उठनु स्वाभाविक हो । तर नेपालको प्राविधिक धारतर्फको शिक्षामा निजी क्षेत्रलाई अलग्ग राख्नु सरकार निजी क्षेत्रसंग प्रतिस्पर्धा गर्न डराउनु हो । प्रजातन्त्रको अर्को नाम खुल्ला प्रतिस्पर्धा हो । खुल्ला छनौट हो । प्राविधिक धारमा निजीलाई प्रवेश नदिनु प्रजातन्त्रको धज्जी उडाउनु हो ।
३. सिद्धान्त, आदर्श र व्यावहारिक यथार्थको कोक्टेल ः
नेपालको संविधानले शिक्षामा निजी क्षेत्रको लगानीलाई निषेध गरेको छैन । समाजवादउन्मूख संविधान भनी पृप्ठभूमिमा लेखिएको छ । समाजवादको लक्ष्य वोकेको राजनितिक व्यवस्था पनि हो । कायम भएको व्यवस्थाभित्र रहेका विभिन्न अवस्थाहरुको समुचित व्यवस्थापन गर्दै विस्तारै समाजवादको वाटोमा घिसार्दै लानुपर्ने अवस्था हो । कान निमोठेर समाजवादको वाटोमा घिसार्न सकिएला तर घाँटी निचोरेर लान खोज्नु न्यायचित पक्कै होइन । शिक्षालार्इृ राज्यले सर्वोच्च प्राथमिकतामा राख्नै पर्छ । समाजवादमा शिक्षा र स्वास्थको दायित्व राज्यको हुने गर्दछ । राज्यको दायित्व भनेको त्यसको खर्च राज्यले गर्ने हो । तर, व्यवस्थापकीय क्षमताको हिसावमा कुरा गर्दा नेपालमा निजी क्षेत्रको व्यवस्थापन चुस्त , दुरुस्त, प्रभावकारी र परिणाममूखि छ । यसकारण शिक्षामा निजी विद्यालय अब्वल छ । यस कारण राज्यले दायीत्ववहन गर्ने गरी निजी व्यवस्थापनमा संचालन गर्न लगाउँदा शिक्षामा गरिएको लगानीको उचित परिणाम आउने देखिन्छ । सरकारी व्यवस्थापन संचालित विद्यालयमा जाने वा निजी व्यवस्थापनमा खोलिएको विद्यालय जाने, आफ्नो लगानीमा पढ्ने वा सरकारी लगानीमा पढ्ने, सरकारी तलव खाने वा निजी लगानीको विद्यालयको तलव खाने सोको छनौट गर्ने प्रजातान्त्रिक अधिकार सुनिश्चित गरी स्वीकृतिमा विभेदकारी नीति नल्याईनु पथ्र्यो । तर, सरकारले त्यसो गरेन । व्यवहारमा, भुगोलमा निजी विद्यालय र कलेज स्वीकार गर्ने भाषणमा सिद्धान्ग र आदर्श फलाक्दै श्वेयर केल्पना गर्ने गर्दा नेपालको शिक्षामा सिद्धान्त ,आदर्श र वेमेल व्यवहारको कोक्टेल बनेको छ । सबै कुरा भनेजस्तै, सोचे जस्तै भएमा, गरेमा सरकारी विद्यालय मात्र खोलिनु राम्रो नै हो तर त्यसो नभएको कारण नेपालमा निजी विद्यालयको आकर्षण बढेको हो । राम्रो भएको हो । तसर्थ, प्रविधिकधारतर्फ पनि विद्यालयलाई स्वीकृति प्रदान गर्न जरुरी छ ।
४. लगानीको आधारमा भिन्न व्यवहार ः
सरकारले निजी विद्यालयमा पढ्ने अनागरिक र सामुदायिक विद्यालयमा नागरिक भन्ने मनशायमा नियम बनाएको छ । निजी विद्यालयमा पढ्नुको वाध्यता हो र आकर्षण हो, गुणस्तर हो र विश्वास हो । धनी र पैसा बढी भएर पढेका होइनन् । सरकारको अाँखा खुलोस् । निजी विद्यालयमा पढ्ने विद्यार्थी यो समाजका होइनन्, तिनीहरुले यो समाजलाई यागदान गर्दैनन्, निजी विद्यालयवाट उत्पादित जनशक्तिले यो देशका लागि होइनन्, त्यसैले तिनीहरुलाई राज्यका सबै सेवा सुविधा र अवसरवाट वहिष्कृत गरिनुपर्छ र तिरस्कृत गरिनुपर्छ भन्ने गलत चिन्तनवाट सरकार मुक्त हुनुपर्छ ।
...
All Comments.......
Please Login/Register To Comments