भक्तपुरको खरिपाटीमा दुर्घटना, अन द स्पट मृत्यु
माघ २०, २०७८, बिहीबार | दिउँसो १२:२५ बजे | 0
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ खरिपाटी भद्रकालीमा बिहीबार दुर्घटना हुँंदा एकजनाको मृत्यु भएको छ । प्रदेश नं ३–००१ प १४७७ नं को एफजेड मोटरसाइकल र बा. ५ ख. १६२५ नं. को मिनी टाटा ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल. चालक भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकाली खरिपाटी बस्ने बर्ष २४ को संजोग गिरीको घटनास्थलमा नै मृत्यु भएको हो । सवारी चालक सिन्धुपाल्चोक बाह्रविसे न.पा. वडा नं. ७ नाकुचे घर भई हाल भक्तपुर जिल्ला भक्तपुर नगरपालिका ८ लिवाली बस्ने बर्ष ३४ को राम आचार्य र मिनी टाटा ट्रक महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटनास्थलमा महानगरीय प्रहरी परिसर, भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरी थप अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए ।