नलिन्चोकमा दुर्घटना, स्थानीय महिलाको मृत्यु


माघ १५, २०७८, शनिबार | विहान ११:५० बजे | 15


नलिन्चोकमा दुर्घटना, स्थानीय महिलाको मृत्यु

भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको नलिन्चोक बाँसघारीमा शनिबार दिउँंसो दुर्घटना हुँंदा एकजना स्थानीय महिलाको मृत्यु भएको छ । बनेपाबाट काठमाडौंतर्फ आइरहेको बा. ५ ख ३०२० नं. को यात्रुबाहक बसले बा. ७० प. ९१३८ नं. मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा पछाडि सवार दोलखा गौरीशंकर गाउपालिका वडा नं. २ घर भई हाल नलिन्चोक बस्ने बर्ष ४० की गंगा बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि गम्भीर घाइते भई उपचारको लागि भक्तपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले नाएको छ । बस चालक काभ्रे बनेपा नगरपालिका वडा नं. ९ बस्ने बर्ष ४१ को रविन श्रेष्ठ र बस महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा रहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए । घटना सम्वन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।


Comments