भक्तपुरको गाम्चामा निस्सासिएर एकै परिवारको एकको मृत्यु, दुईको अवस्था गम्भीर


माघ ९, २०७८, आइतबार | विहान ०७:२९ बजे | 10


भक्तपुरको गाम्चामा निस्सासिएर एकै परिवारको एकको मृत्यु, दुईको अवस्था गम्भीर

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ४ दधिकोट गाम्चामा निस्सासिएर एकै परिवारको एकजनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर रहेको छ । तीन महिने बालकको मृत्यु भएको हो भने बालकका आमाबुबाको अवस्था भने गम्भीर रहेको हो ।
घटना विवरण अनुसार गाम्चास्थित भावना थापाको जस्ताले छाएको घरमा विगत दुई वर्षदेखि डेरा गरी वस्ने रामेछाप मन्थली नगरपालिका घर भई यहाँं डेरा गरी वस्ने वर्ष ३० का अभिषेक रम्तेल, उनकी श्रीमती वर्ष २८ का पसुना र उनीहरुका तीन महिनाको छोरा शनिबार राति आगो खाना खाएर आगो बालेर सुतेका थिए ।, आइतबार विहान अवेरसम्म पनि उनीहरु कोही पनि नउठेपछि स्थानीय नागरिक र प्रहरीले झ्यालबाट हेर्दा अचेत अवस्थामा रहेका थिए । त्यसपछि उनीहरु तीनैजनालाई नजिकैको मध्यपुर अस्पताल लगिएकोमा उपचारको क्रममा छोराको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । आमाबुबा दुवैको उपचार सोही अस्पतालमा रहेको र अवस्था गम्भीर रहेको चिकित्सकले बताएको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए ।   

Comments