भक्तपुर व्यासीकी १६ वर्षीया किशोरीद्धारा आफनै घरमा आत्महत्या
माघ ७, २०७८, शुक्रबार | विहान ११:५१ बजे | 15
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं.२ व्यासीमा शुक्रबार दिउँंसो साढे दुई बजे साढे चार तल्ले पक्की घरको चौथो तल्ला निजकै १६ वर्षीय किशोरीको आफ्नै कोठाको सिलिङको हुकमा नाइलनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको अवस्थामा फेला परेको छ । सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई गई अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर भक्तपरले जनाएको छ ।