भक्तपुर । भक्तपुर नगरपालिका वडा नं ७ खसिबजार पुल हाउस नजिकबाट शंकास्पद रुपमा हिडिरहेको अवस्थामा चेकजाँच गर्दा प्रहरील्े भक्तपुर नगरपालिका वडा नं ५ भेलुखेल बस्ने बर्ष ३७ को लक्ष्मीनारायण देउलाको साथबाट ५६ ग्राम लागुऔषध (गाँजा) फेला पारी नियन्त्रणमा लिएको छ । निजलाई नियन्त्रणमा लिई अनुसन्धानको क्रममा विभिन्न स्थान बस्ने मानिसहरुको साथबाट शुक्रबार थप लागूऔषधसहित नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । भक्तपुर सूर्यबिनायक न.पा. ८ बस्ने बर्ष ५८ की प्रिती तामाङ (४८ किलो ४५० ग्राम) र सोही स्थान बस्ने बर्ष ५२ को खड्गबहादुर तामाङ (४ किलो ५२६ ग्राम) सहित पक्राउ गरेको परिसरले जनाएको छ ।

...

All Comments.......


Please Login/Register To Comments