भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. १ लोकन्थली मनहरा आँखा अस्पताल नजिक रहेको आरुष मल्लले संचालन गरेको आइएनके ट्याटुमा ट्याटु खोपाउन आएको सोही स्थान घर भई हाल काठमाडौ कोटेश्वर बस्ने बर्ष ३३ को बिराज खड्का ट्याटु खोपाउन पालो कुरेर बसिरहेको अबस्थामा अचानक बेहोस भएर मृत्यु भएको छ । बेहोस भएपछि ट्याटु संचालक तथा आफन्तसमेत भई उपचारका लागि के.एम.सी. अस्पताल सिनामंगल लगेकोमा बिहीबार उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटनास्थलमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

...

All Comments.......


Please Login/Register To Comments