नगदेशको एउटा घरको ट्वाइलेटमा एक भारतीय मृत अवस्थामा फेला


पुष २५, २०७८, आइतबार | दिउँसो ०१:३३ बजे | 15


नगदेशको एउटा घरको ट्वाइलेटमा एक भारतीय मृत अवस्थामा फेला

नगदेश । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ७ नगदेशस्थित जगतबहादुर प्रजापतिको घरमा डेराकोठा गरी बस्ने देश भारत बिहार घर भएको, ग्यास स्टोभ मर्मत गरी एक्लै बस्ने बर्ष ४० को मोदी शाह सोही घरको ट्वाईलेटभित्रको वालमा कोल्टो परी अचेत अबस्थामा भेटिएको प्रहरीले जनाएको छ । सूचना प्राप्त हुनासाथ उपचारका लागी कोरियन अस्पताल लगेकोमा उपचारकै क्रममा उनको मृत्यु भएको परिसरले जनाएको छ । घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई गई अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

Comments