तास खेल्ने ९ जना नियन्त्रणमा
साउन १६, २०७७, शुक्रबार | विहान ०२:४२ बजे | 10
भक्तपुर । तार खेल्ने ९ जनालाई नियन्त्रणमा लिएका छन् । भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं.९ फैढोका स्थित सरोज थापाले कुखुरा पालनका लागी बनाएको टहरामा तास खेलिरहेका सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरिक्षक भगवती तिमिल्सेनाको कमाण्डमा टोलीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा जिल्ला काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका वडा नं ५ घर भई हाल भक्तपुर कमलबिनायक बस्ने बर्ष ३९ को सागर लामिछाने, जिल्ला काभ्रेपलाञ्चोक चौरी देउराली गाउँपालिका वडा नं. २ घर भई हाल भक्तपुर कमलबिनायक बस्ने बस्ने बर्ष ४० को श्याम शाक्य, जिल्ला रामेछाप दोरम्बा गाउँपालिका वडा नं. ३ घर भई हाल काठमाण्डौ सुन्धारा बस्ने बर्ष २९ को सुमन श्रेष्ठन, जिल्ला ओखलढुंगा खिजीकाति गाउँपालिका वडा नं. ९ घर भई हाल भक्तपुर ब्यासी बस्ने बर्ष ३९ को आशिष खत्री, जिल्ला काभ्रेपलाञ्चोक बनेपा नगरपालिका वडा नं. ९ घर भएका बर्ष ४७ को दान बहादुर सुवाल, जिल्ला रामेछाप दोरम्बा गाउँपालिका वडा नं. ४ घर भई हाल भक्तपुर कमलबिनायक बस्ने बर्ष २९ को चेत बहादुर थापा मगर, जिल्ला काभ्रे चौरीदेउराली गाउँपालिका वडा नं. ३ घर भई हाल काठमाण्डौ बानेश्वर बस्ने बर्ष २९ को समीर तामाङ, जिल्ला मकवानपुर हेटौडा उप महानगरपालिका वडा नं. १८ घर भई हाल भक्तपुर लोकन्थली बस्ने बर्ष ३३ को कृष्ण बहादुर मोक्तान र जिल्ला रामेछाप दोरम्बा गा।पा। ३ घर भई हाल काठमाण्डौ ठुलो भर्यापङ बस्ने बर्ष २८ को नारायण थापा मगर भएको प्रहरीले जानकारी गराए । नियन्त्रणमा लिई ९ बुक तासका साथै ३,३८,३३५ (तीन लाख अड्तीस हजार तीन सय पैतीस) रुपैया खालमा फेला पारी बरामद गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरी सुचना अधिकृत दिपक गिरीले बताए ।