पोखरीमा डुबी एकजनाको मृत्यु


साउन १३, २०७७, मङ्गलबार | दिउँसो ०२:२८ बजे | 0


भक्तपुर । पोखरीमा डुबी एकजनाको मृत्यु भएको छ । मंगलबार विहान ११ः ३० बजे भक्तपुर नगरपालिका वडा नं १० कमलविनायक स्थित कमलपोखरीमा मृत्यु भएको प्रहरीले जनाएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ९ सौडौल बस्ने बर्ष ५१ को राजेश खड्काको मृत्यु भएको जनाइएको छ । प्रहरी निरिक्षक सुवास बुढाथोकीको टोली घटनास्थलमा पुगी तत्कालै उद्दार गरी भक्तपुर अस्पताल पुर्याीउदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी गराए । पौडी खेल्दै दुई पटक निस्किदै गरेपनि तेस्रो चोटी पस्दा चाँही पोखरीमा डुबी बेपत्ता भएको भन्ने जानकारी प्राप्त भएपछि  नजिकै प्रहरी टोली  साथै महानगरीय प्रहरी वृत्त जगातीबाट प्र.ना.उ. चक्रराज जोशी र महानगरीय प्रहरी परिसर  उद्दार गर्न सक्ने तालिम प्राप्त उद्दार सामाग्री लिएर आएको जानकारी गराए । निज टुरिष्टु गाईडको काम गर्ने ब्यक्ति भएको भन्ने बुझिएको, सो सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले बताए ।

Comments