आफनै घर अगाडि लडेर चाँंगुमा एकजना बृद्धको मृत्यु


पुष ८, २०७८, बिहीबार | विहान ०५:३४ बजे | 25


भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ चाँगु हल्छाप बस्ने बर्ष ७४ को कान्छा श्रेष्ठको आफ्नै घरबाहिर लडेर बुधबार राति मृत्यु भएको छ । घर अगाडि पानी बग्ने नालीमा लडेर उनको मृत्यु भएको हो । घाइते अवस्थामा आफन्तलेदेखि उपचारको लागि शंकरापुर अस्पताल जोरपाटी लगेकोमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटी गई अनुसन्धान कार्य भइरहेको परिसरले जनाएको छ ।

Comments