आयोजकलाई हराउँंदै सिद्धिदास माविलाई सफलता
पुष ८, २०७८, बिहीबार | विहान ०४:३६ बजे | 5
भक्तपुर । भक्तपुरमा बुधबारदेखि सुरु भएको दोश्रो अन्तर विद्यालयस्तरीय भक्तपुर कप फुटवल प्रतियोगितामो उदघाटन खेलमा सिद्धिदास मावि भक्तपुर फराकिलो अन्तरले विजयी भएको छ । भक्तपुर एफसी ११ र स्प्रिङडेल इगलिश बोर्डिङ्ग स्कुल लिवाली भक्तपुरको संयुक्त आयोजना तथा सिद्धि स्मृति प्रतिष्ठान भक्तपुरको सहयोगमा भएको प्रतियोगिता आयोकज स्प्रिङडेललाई शुन्यकाविरुद्ध पाँंच गोलको फराकिलो अन्तरले सिद्धिदास मावि विजयी भएको हो ।
भक्तपुरको महेश्वरी खेल मैदानमा सुरु भएको दोश्रो दिन बिहीबारको पहिलो खेल ख्वपृग इगलिश स्कुल लिवाली भक्तपुर र मदरल्याण्ड स्कुल बाचामारी भक्तपुरवीच हुनेछ । दोश्रो खेल भने विनायक स्कुल मध्यपुर थिमि र रोम्वस स्कुल कमलविनायक भक्तपुरवीच हुने जनाइएको छ ।
प्रतियोगिताका उत्कृष्ट पहिलो र दोश्रो हुने टिमहरुलाई पुरस्कारको व्यवस्था गरिएको आयोजक भक्तपुर एफसी ११ का अध्यक्ष राम प्रजापतिले जानकारी दिए । भक्तपुरको फुटबल खेललाई अगाडि वढाउने उद्देश्यका साथ प्रतियोगिता गरेको उनले जानकारी गराए । आजका विद्यार्थीलाई राम्रो फुटबलर बनाउन सके भोलि मजबुद फुटबल टिम वन्ने आशाका साथ प्रतियोगिता गरेको जानकारी उनले गराए ।
स्प्रिङडेल इगलिश बोर्डिङ्ग स्कुल लिवालीको कार्यकारी निर्देशक बिजु श्रेष्ठले प्रतियोगितामा कक्षा सातदेखि १० सम्मका विद्यार्थीको टिम सहभागी भएको जानकारी गराए । प्रतियोगिताको उदघाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरे । प्रतियोगिताको उदघाटन खेल आयोजक स्प्रिङडेल इगलिश बोर्डिङ्ग स्कुल लिवाली र सिद्धिदास मावि भक्तपुरवीच भएको छ ।
आयोजक भक्तपुर एफसी ११ क्लब भक्तपुरकै पुरानो फुटबल क्लव हो । यो जिल्लामा रहेको धेरै फुटबल क्लबहरुमध्ये सक्रिय फुटवल क्लव पनि हो । यस क्लबमा भक्तपुरकै पुरानो शिवजी श्रेष्ठलगायतका पुराना फुटवल खेलाडीहरु आवद्ध छन् ।