चाँगुनारायणमा ३८ वर्षिय पुरुषले गरे आत्महत्या
पुष ७, २०७८, बुधबार | दिउँसो १२:४३ बजे | 10
भक्तपुर । भक्तपुरको भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ७ बागेश्वरी स्थित सुमन लामिछानेको जस्ताको टहरामा पाँचथर कुममायक गाउपालिका वडा नं. १ घर भई हाल ऐ. टहरामा डेराकोठा गरी बस्ने बर्ष ३८ को भाग्य सिंह थेवाविन लिम्बु टहराको बाँसको बलोमा नाईनलको डोरीको पासो लगाई झुण्डी आत्महत्या गरेको छ भन्ने सूचना प्राप्त हुनासाथ घटनास्थलमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई अनुसन्धान कार्य भईरहेको जनाएको छ ।