सूर्यविनायक जगलमा झुण्डी मृत्यु भएको अवस्थामा पुरुषको लाश फेला


पुष ६, २०७८, मङ्गलबार | विहान ०७:१९ बजे | 10


सूर्यविनायक जगलमा झुण्डी मृत्यु भएको अवस्थामा पुरुषको लाश फेला

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ गुण्डु जंगलमा एकिन नाम थर वतन नखुलेको अन्दाजी बर्ष ३०देखि ३५ को पुरुष ब्यक्ति काफलको रुखमा नाईलनको डोरीको पासो लगाई झुण्डी आत्महत्या गरेको अवस्थामा प्रहरीले मंगलबारफेला पारेको छ । सूचना प्राप्त हुनासाथ घटनास्थलमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटीई गई अनुसन्धान कार्य भईरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । कालो बर्ण, उचाई ५ फिट ५ ईन्च, खाली खुट्टा, कालो ज्याकेट, कालो पाईन्ट, कालो पिक्याप लगाएको हुलिया भएको जनाइएको छ ।

Comments