सौडोलमा आफ्नै घरको छानामा सलको पासो लगाइ गरे आत्महत्या
पुष ६, २०७८, मङ्गलबार | विहान ०३:२० बजे | 0
भक्तपुर । चाँगुनारायणमा एक जना पुरुष आफ्नै घरमा झुन्डिएको निधन भएको जनाएको छ । रामेछाप लिखु गाउँपालिका वडा नं. ४ स्थायी घर भई हाल जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ९ सौडोल धाराकुलो बस्ने ४० वर्षिय बसन्त बस्नेतको आत्महत्या गरेका हुन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी राजु पाण्डेका अनुसार आफ्नै घरको दोस्रो तलामा भर्यायङ छोप्न बनाइएको जस्ताको छानामा रहेको बाँसको बलोमा सलको पासो लगाई झुण्डी आत्महत्या गरेको बताए । साथै उनले घटनास्थलमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई अनुसन्धान कार्य भईरहेको जनाए ।