किन आत्महत्या गरिन् बालकोटबासी २९ वर्षीया गीताले ?
पुष ४, २०७८, आइतबार | दिउँसो ०२:४७ बजे | 5
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोट बस्ने बर्ष २९ की गीता सापकोटाले आइतबार साँंझ आफ्नो घरको बाथरुमभित्र विषादी सेवन गरी आत्महत्या गरेकी छिन् । महानगरीय प्रहरी परिसर भक्तपुरले खवर प्राप्त हुनासाथ प्रहरी टोली खटीई गई गम्भीर घाइते सापकोटालाई उपचारको लागि अस्पताल पठाएकोमा पाटन अस्पताल ललितपुरमा उपचारकै क्रममा मृत्यु भएको जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।