भक्तपुरको तेलकोटमा भरुवा बन्दुक फेला
पुष ३, २०७८, शनिबार | दिउँसो १२:२३ बजे | 0
भक्तपुर प्रहरीले जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ६ पसलडाँडास्थित तेलकोट जाने हरिगुरू सडक मार्गको पानी बग्ने होमपाइपभित्र शनिबार भरुवा बन्दुक फेला पारेको छ । स्थानीयले दिएको सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको अनुसन्धान अधिकृतसहितको प्रहरी टोलीले त्यहाँं भरुवा बन्दुक फेला पारेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । त्यसबारे आवश्यक अनुसन्धान कार्य भइरहेको परिसरले जनाएको छ ।