गुण्डुमा दुर्घटाना, एकको मृत्यु, एक घाइते
मंसिर २५, २०७८, शनिबार | दिउँसो १२:३३ बजे | 15
भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नं. ७ गुण्डु रातोपाटी नजिक शुक्रबार राति भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । सूर्यबिनायकबाट गुण्डुतर्फ जादै गरेको बाग्मती प्रदेश ०२–०३३ प ७१७३ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई सडक छेउको बिजुलीको पोलमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि सवार रबिन्द्र थापाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । मोटरसाइकल चालक भक्तपुर सूर्यबिनायक नगरपालिका वडा नं. ७ गुण्डु बस्ने बर्ष ३७ को सुरेन्द्र बस्नेत घाइते भएको प्रहरीले जनाएको छ । घाइते वस्नेतको मध्यपुर अस्पताल ठिमी भक्तपुरमा उपचार भइरहेको जनाइएको छ । दुर्घटित मोटरसाइकल महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा राखी थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ । तीब्र गतिमा सवारी साधन चलाएको पाइएको जनाइएको छ ।