दुई अभियुक्तले काठको फर्माले पटकपटक प्रहार गरी बालकोटका श्रेष्ठको हत्या गरेको खुलासा


मंसिर २३, २०७८, बिहीबार | दिउँसो १२:२५ बजे | 0


दुई अभियुक्तले काठको फर्माले पटकपटक प्रहार गरी बालकोटका श्रेष्ठको हत्या गरेको खुलासा

भक्तपुर । भक्तपुर सुर्यविनायक नगरपालिका वडा नं. २ बालकोट बसीटोल हनुमन्ते खोला नजिकै बालकोट खरिबोट देखी हनुमन्ते खोला फलामे पुल तर्फ जाने बाटो मुनी खाली जग्गामा जिल्ला भक्तपुर सुर्यविनायक नगरपालिका वडा नं. ३ बालकोट स्थायी वतन भएका बर्ष ३३ को राजन श्रेष्ठलाई हेमन्त श्रेष्ठ र प्रेम बिश्वकर्माले टाउकोमा काठको फर्माले पटकपटक प्रहार गरी घाईते बनाई फरार भएको जानकारी प्राप्त भएको जनाएको छ।

तत्कालै घटनास्थलमा महानगरीय प्रहरी प्रभाग बालकोटबाट प्र.ना.नि अम्बर बहादुर शाही सहितको प्रहरी टोली र महानगरीय प्रहरी वृत्त थिमीबाट प्र.ना.उ. नरहरी रेग्मी सहितको अनुसन्धान टोली खटि गई हेर्दा गम्भीर घाइते भएका राजन श्रेष्ठलाई उपचारको लागी मध्यपुर अस्पताल थिमी ल्याएकोमा उपचारकै क्रममा ऐ.मितिको २२ः५० बजेको समयमा सम्बन्धित चिकित्सकले मृत घोषणा गरेको थियो। अनुसन्धानको क्रममा घटना भएको मितिको २ः३ दिन अगाडी देखि नै राजन श्रेष्ठलाई हेमन्त श्रेष्ठले प्रेम बिश्वकर्मासँग सल्लाह गरी हत्याको योजना बनाएको । मिति २०७८ः०८ः२१ गते अं.२०ः०० बजेको समयमा जिल्ला भक्तपुर मध्यपुर थिमी नगरपालिका वडा नं. ३ गठ्ठाघर स्थित बर्गर हाउसमा राजन श्रेष्ठ र हेमन्त श्रेष्ठ चिया खाई केही कुराकानी गरी हेमन्त श्रेष्ठले राजन श्रेष्ठलाई हनुमन्ते खोला पारी दाई पैसा लिएर आएको छ, त्यहाँ सम्म जाउँ भनी बहाना बनाई निज हेमन्त श्रेष्ठखको मोटर साईकलमा चढाई फलामे पुलसम्म लगी दुबै जना बालकोट जाने बाटोतर्फ पैदल अध्यारो ठाउँमा जाने क्रममा एक्कासी पछाडीबाट प्रेम बिश्वकर्माले काठको फर्माले टाउकोमा प्रहार गरी जमिनमा लडी पुनःटाउकोको भागमा पटकपटक प्रहार गरी घाईते बनाएको अवस्थामा घटनास्थल नजिकै बस्ने स्थानीयले मृतक राजन श्रेष्ठ लाई कुटपिट गरिरहेको देखी कराई प्रहरीलाई खबर गरेको भन्ने समेत खुल्न आएको जनाए । घटनास्थलमा महानगरीय प्रहरी वृत्त थिमीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटी गई घटनास्थल मुचुल्का तथा प्रारम्भिक अनुसन्धान कार्य गरिएको जनाए ।

अनुसन्धानकै क्रममा प्रतिबादीहरुलाई खोजतलास गर्दै जाँदा जिल्ला भक्तपुर सुर्यविनायक नगरपालिका वडा नं. ३ वडा कार्यालय नजिकै बस्ने बर्ष २८ को हेमन्त श्रेष्ठलाई मिति २०७८ः०८ः२२ गते विहान ०५ः४५ बजेको समयमा जिल्ला भक्तपुर मध्यपुर थिमी नगरपालिका वडा नं. ४ नयाँथिमी मध्यपुर अस्पताल नजिकैबाट पक्राउ गरिएको (भुमिका) प्रमुख योजनाकार र मृतकलाई ललाई फकाई घटनास्थल सम्म लगि पुर्व योजना अनुसार प्रहार गर्न सहयोग गर्ने० र जिल्ला मोरङ लेटाङ् घर भई हाल जिल्ला भक्तपुर सुर्यबिनायक नगरपालिका वडा नं। २ बालकोट बस्ने बर्ष ३० प्रेम बिश्वकर्मालाई मिति २०७८ः०८ः२२ गते बिहान ०९ः४५ बजेको समयमा जिल्ला काठमाण्डौ जोरपाटी स्थितबाट पक्राउ गरिएको (भुमिका पुर्व योजना अनुसार घटनास्थलमा काठको फर्मा लगि मृतकको टाउकोमा प्रहार गर्ने) थप अनुसन्धान कार्य भईरहेको ।मृत्तक राजन श्रेष्ठसँग प्रतिवादी हेमन्त श्रेष्ठले लेनदेन सम्बन्धि विवाद हुँदै आईरहेको प्रहरीले जनाए।

Comments