चोरीमा संलग्न २ व्यक्ति प्रक्राउ
साउन १०, २०७७, शनिबार | दिउँसो ०२:४३ बजे | 5
भक्तपुर । आज करिव ३ बजेको समयमा जिल्ला भक्तपुर सुर्यविनायक नगरपालिका वडा नं. १ सिरुटार स्थित गिता राईको बाख्रा गोठबाट चोरी भएको छ । गोठको ताला फोडी गोठमा रहेको ३ वटा खसी, ४ वटा माउ बाख्रा गरी जम्मा ७ वटा चौपायाहरू चोरी गरी जिल्ला काठमाण्डौ कंलकीमा रहेको खसी बजारमा विक्री गरिरहेको अवस्थामा यस कार्यालय मातहत महानगरीय प्रहरी प्रभाग सिरुटारबाट खटि गएका प्रहरी टोलीले चोरी भएका खसी तथा माउ बाख्रा समेत चोरीमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरिएको छ । जिल्ला सर्लाही हरिवन नगरपालिका वडा नं.३ घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं.४ चारदोबाटो बस्ने २७ वर्षिय सागर तामाङ, साथै सो कार्यमा संग्लग्न जिल्ला रौतहट घर बताउने च्याङ्बा तामाङ नाम गरेको व्यक्ति हाल फरार रहेकोले निजको खोजी कार्य जारी रहेको प्रहरी प्रभाग सिरुटारले जनाए । चोरी भएका उक्त चौपायहरू बिक्री गर्न र ओसारपसारको लागि सवारी साधनको व्यवस्था गरी सघाउने रौतहट चन्द्रनिगाहापुर नगरपालिका वडा नं.२ घर भई हाल काठमाण्डौ बौद्ध बस्ने बर्ष २१ वर्षीय बिजय तामाङ रहेको प्रहरीले बताए ।