भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ८ आदर्श प्राईम बैंक अगाडि अरनिको राजमार्ग जगातीबाट सूर्यविनायकतर्फ जाँदै गरेको बा. ३ ख. ५४२३ नं को टिपरले विपरित दिशातर्फबाट आउदै गरेको बा. ५७ प. ३११३ नं को स्कुटीलाई ठक्कर दिदा स्कुटर चालक अशिम लिम्बुको मृत्यु भएको छ । धनकुटा राजारानी घर भई हाल ललितपुर कुसुन्ती बस्ने वर्ष २४ को अशिम लिम्बुको मृत्यु भएको हो । स्कुटर पछाडि वस्ने ललितपुर पाटन बस्ने वर्ष २६ को सन्दिप महर्जन गम्भिर घाइते भएका छन् । तत्कालै घटनास्थलमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्र.नि. सूर्य बहादुर शाहीको कमाण्डमा प्रहरी टोली खटी गई हेर्दा स्कुटर चालक लिम्बु र स्कुटर पछाडी सवार महर्जन गम्भिर घाईते भएकोले उपचारको लागी डा. ईवामुरा अस्पताल सल्लाघारी पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । घाइतेलाई थप उपचारका लागी बि.एण्ड बि. अस्पताल रिफर गरिएको जनाइएको छ । दुर्घटित दुवै सवारी साधन र टिपर चालक जिल्ला दाङ घोराही २ रामपुर घर भई हाल काठमाडौ जिल्ला माछापोखरी बस्ने वर्ष ३१ को किरण कवर योगीलाई राधेराधेबाट नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त जगातीमा राखी थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ । रातको समयमा तिब्र गति तथा लापर्वाहीपूर्ण सवारी साधन चलाउनाले घटना भएको देखिएको जनाइएको छ ।     

...

All Comments.......


Please Login/Register To Comments