के हो यो ?
  • Post Date 2021-11-23 19:19:22

के हो यो ?
नाला । तस्वीरमा देखिएको झट हेर्दा नबुझिने नदेखिने अवस्थाको छ । तर यो मंगलबार बनेपाको नालाको जंगलमा भेटिएको मान्छेको लाश हो । मानिसको मृत्यु भएर धेरै दिन भएकोले अहिले कंकाल मात्रै बाँंकी देखिएको अवस्था छ ।  
इन्टर्न गर्न पुलिस स्टेशन गएका विद्यार्थीले मंगलबार खिचेका हुन् यी तस्वीर । प्रहरीसँंगै गएको बेला उनीहरुले यो तस्वीर खिचेका हुन् । स्थानीयले घास काट्न जाँदा यो कंकाललाई देखेपछि सार्वजनिक भएको हो ।  
बताइए अनुसार लाशको दायाँं खल्तीमा चिठी पनि भेटिएको छ । तर पेपर व्लयान्क अर्थात केही पनि नलेखिएको खाली रहेको बताइएको छ । लाशको साथमा व्याग पनि रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।
दोश्रो फोटो हेर्दा रुखमा झुण्डेर मरेको देखिन्छ । किनकि दोश्रो फोटोमा रुखमा डोरी पनि भेटिएको छ । बताइए अनुसार कंकाललाई उठाएर प्रहरीले पोष्टमार्टमका लागि लगिएको छ । घटनाबारे विस्तृत विवरण आउन भने बाँंकी नै रहेको छ ।
...

All Comments.......


Please Login/Register To Comments