सुर्यविनायकको डिभाइडरमा ठोक्किएर एकको मृत्यु


मंसिर ४, २०७८, शनिबार | विहान ०४:४६ बजे | 5


 सुर्यविनायकको डिभाइडरमा ठोक्किएर एकको मृत्यु

भक्तपुर । २०७८÷०८÷०४ गते राती ०१ः३५ बजेको समयमा जिल्ला भक्तपुर सुर्यविनायक नगरपालिका वडा नं. ६ सुर्यविनायक राष्ट्रिय बाणिज्य बैंक अगाडी अरनिको राजमार्गमा जगाती बाट सुर्यविनायक तर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२–०३० प ०१६८ नं को मो.सा.संगै सोही रुटमा जाँदै गरेको प्रदेश नं. ३–०१–००३ क. ७८५१ नं. को टिपरलाई दाहिने साईडबाट ओभरटेक गर्ने क्रममा मो.सा. सडक डिभाडरमा ठक्कर लाग्न गई टिपर भए तर्फ पल्टिदा टिपरको पछाडीको चक्कामा मो.सा. चालक पर्न गई गम्भिर घाइते भएको छ भन्ने जानकारी प्राप्त भएको जनाए ।

तत्कालै घटनास्थलमा महानगरीय प्रहरी वृत जगातीबाट प्र.स.नि. शिवशरण लुबन्जार सहितको प्रहरी टोली पुगी हेर्दा जगाती बाट सुर्यविनायक तर्फ जाँदै गरेको मो.सा.ले संगै जाँदै गरेको प्रदेश नं. ३–०१–००३ क. ७८५१ नं. को टिपरलाई ओभरटेक गर्दा सडकको विचमा रहेको डिभाईडरमा ठक्कर खाई टिपर तर्फ पल्टिदा मो.सा. चालक जिल्ला काभ्रे रोशी गाँउपालिका वडा नं. ३ घर भई हाल काठमाण्डौ जिल्ला कलंकी बस्ने वर्ष २२ को मिलन तामाङ गम्भिर घाइते भएको अवस्थामा फेला पारी तत्कालै प्रहरीले उद्धार गरी उपचारको लागी भक्तपुर अस्पताल पुर्याअउदा सोही रातीनै ०२ः०६ बजेको समयमा मो.सा. चालक मिलन तामाङको मृत्यू भएको । महानगरीय प्रहरी वृत जगातीबाट प्र.नि.वासु खरेल सहितको प्रहरी टोली खटी गई घटनास्थल प्रकृति मुचुल्का तथा प्रारम्भिक अनुसन्धान कार्य गरी दुर्घटित दुवै सवारी साधन र टिपर चालक जिल्ला काभ्रे मण्डनदेउपुर न.पा. वडा नं. १० घर भई हाल काठमाण्डौ जिल्ला चाबहिल बस्ने वर्ष २८ को सोम ब. लामालाई महानगरीय प्रहरी वृत जगातीमा राखि थप अनुसन्धान भई रहेको जनाए ।

Comments